काठमाडौ – सामान्यतया गुलियोले घाउ फैलिने र चाँडो निको नबनाउने मान्यता छ। रगतमा चिनीको मात्रा बढी भएको अवस्था अर्थात् मधुमेहका रोगीहरूको घाउ निको हुन समय लाग्ने तथा गार्हो हुने कारण पनि त्यही हो।
यद्यपि बेलायतको युनिभर्सिटी अफ वोल्भरहम्पटन्स् स्कुल अफ हेल्थमा गरिएको अध्ययनले घाउमाथि चिनी लगाउँदा घाउ चाँडो निको हुने देखाएको छ। चिनीले घाउमा संक्रमण गर्ने ब्याक्टेरियाको वृद्धिका लागि चाहिने पानीको अभाव गराउने भएकाले घाउ छिट्टै निको हुने अध्ययनको तर्क छ ।
क्विन एलिजावेथ हस्पिटल वकिनघममा सन् २०१३ को जनवरी महिनासम्ममा ३५ जना बिमारीको ढाडमा भएको घाउ (बेडसोर) लाई चिनीले सफल उपचार गरिसकेको उक्त अध्ययनले देखाएको छ।