काठमाडौं । जनता पार्टी नेपालले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा एमाओवादी नेतृत्वलाई गिरफ्तार गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ। बुधवार प्रेस विज्ञप्ति जारी गरी सो पार्टीका बरिष्ठ उपाध्यक्ष अरुण कुमार सुवेदीले सार्वजनिकरुपमा नै एमाओवादी नेतृत्वले हत्या स्वीकार गरेकोले उनीहरुलाई गिरफ्तार गर्न माग गरेको हो ।