चितवन । बामपन्थी आन्दोलनका अगुवा नरबहादुर खाडको ७१ वर्षको उमेरमा आज विहान निधन भएको छ । उपचारका क्रममा खाडको चितवनको भरतपुर अस्पतालमा विहान ३ वजे निधन भएको हो ।
चितवनको गीतानगर गाउं विकास समिति वडा नम्वर ६ केशरबाघ स्थायी घर भएका खाड हाल नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्य, नेकपा एमाले निकट जेष्ठ नागरीक मञ्चको केन्द्रीय संयोजक र जेष्ठ नागरीक सेवा समाज नेपालको केन्द्रीय अध्यक्ष रहनु भएको थियो ।
विगत केहि समययता क्यान्सर रोगबाट ग्रसित खाडका दुई छोरा र एक छोरी हुनुहुन्छ । उहांको पार्थिव शरीरलाई अन्तिम श्रद्वाञ्जली दिन एमालो वरिष्ठ नेता माधवकुमार नेपाल चितवन पुग्नुभएको छ । खाडको आजै देवघाटमा अन्तिम दाहसंस्कार गरिने नेकपा एमाले चितवनले जनाएको छ ।
RSS, IMAGECHANNEL