
न्यूयोर्क – विश्वकै सवैभन्दा बृद्ध अमेरिकाका शालस्टियानो सान्चेज ब्लेजक्वेजको १ सय १२ वर्षको उमेरमा निधन भएको छ ।
स्पेनमा सन् १९०१ जुन ८ मा जन्मिएका सान्चेज १७ वर्षको उमेरमा क्यूबा गएका थिए ।
समाचार अनुसार १ सय १६ वर्षीय जापानी नागरिक जिरोमेन किमुराको मृत्यु भएपछि सान्चेजले गिनिज बुकमा बृद्ध मानिशको नाम लेखाएका थिए ।
सन् १९२० देखि उनले केन्टुकीमा कोइला कारखानामा काम गर्दथे ।
समाचार एजेन्सीका अनुसार उनले दैनिक एउटा केरा र एनासिन नामक ट्याब्लेट ६ चक्की खाने गरेका थिए ।
सान्चेजकी श्रीमती पर्लको सन् १९८८ मा निधन भएको थियो ।
– एजेन्सी