चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले आगामि संविधानसभा निर्वाचन १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । सो पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर प्रत्यक्षको र समानुपातिक तर्फको १ सय उमेदवारको सूचि सार्वजनिक गरेको हो ।
समानुपातिक तर्फ भने ५० पुरुष र ५० महिलाको नाम राखेको छ । पुरुष तर्फको दुई जनाको नाम भने खाली राखिएको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर केसी आफू भने समानुपातिमा बसेका छन् ।
प्रत्यक्ष तर्फ महाकाली अञ्चलबाट १८ जना, भेरी कर्णालीबाट १७, राप्ती लुम्बिनीबाट ३४, गण्डकी धवलागिरीबाट १७ जना, बाग्मतीबाट १७ जना, नारायणीबाट १७ जना, जनकपुर सगरमाथाबाट ६ जना र मेची कोशीबाट १३ जना उमेदवार तोकेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले मन्त्री बनाएर पैसा कमाउन नभई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि आफ्नो पार्टीलाई भोट दिनुको विकल्प नभएको भन्दै १२५ जाती भएको मुलुकमा दुई चार जातीलाई राज्य दिदा फेरि पुरानै राज्य ब्यवस्था जस्तै अवस्था हुने भएकोले बृहद विकेन्द्रीकरणको अभियानलाई अघि बढाउनु पर्ने बताए ।
source ekantipur



