यस बर्षको चिकित्सातर्फको नोबल पुरस्कार तीन अमेरिकी प्राध्यापक जेम्स रोथम्यान, -यान्डी सेकम्यान र थोमस सुडहफलाई संयुक्त रुपमा दिने घोषणा गरिएको छ । थोमस जर्मनीमा जम्मेका अमेरिकी नागरिक हुन् । चिकित्सक त्रयले जीवकोषभित्र हुने प्रोटिन ओसारपसार प्रणालीबारे गरेको अध्ययनका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।
नोबेल पुरस्कार समितिले उनीहरुले अध्ययनले मधुमेहलयागत रोग प्रिितरोधात्मक प्रणालीमा देखिने खराबीबारे जानकारी लिन र उपचारमा सहयोग पुग्ने उल्लेख गरेको छ ।
समितिले ती वैज्ञानिकद्धारा एउटा जीवकोषमा परमकोषले कसरी काम गर्छ र आन्तरिक यातायात प्रणालीमा भेसिकल्स भनिने साना फोकाका आधारमा कसरी चारैतिर घुम्छ भन्ने अध्ययन गरेको उल्लेख गरेको छ । अध्ययनले रोथम्यान, सेकम्यान, र सुडहफले सुक्ष्म कोषको आन्तरिक यातायात प्रणाली कसरी नियन्त्रण गर्छ भन्ने देखाएको नोबेल समितिले बताएको छ ।
AGENCIES



