दलहरुले समानुपातिक तर्फका उम्मेदवारको सूचि आज तयार गर्ने भएका छन् । निर्वाचन आयोगले समानुपातिको सूचिमा फेरबदल गर्न आजसम्म दिएको समय अनुसार दलहरुले आज समानुपातिक तर्फका उम्मेद्वारको सूचि तयार गर्ने दलहरुले बताएका छन् । त्यसका लागि आज बिहानैदेखि दलहरुका बैठक बस्दैछन ।
एकीकृत नेकपा माओवादीले आज समानुपातिक तर्फका उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिन छलफल गर्दैछ । केहीबेरमा बस्ने केन्द्रीय कार्यालय र छनौट समितिको बैठकले नामावलीलाई अन्तिम रुप दिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो फेरबदल सहितको अन्तिम सूचि आयोगका बुझाइनेछ । सापकोटाले घोषणापत्रलाई पनि आजै अन्तिम रुप दिने तयारी भइरहेको बताउनुभयो । नेकपा एमालेले पनि समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूचि तयार गर्दैछ । अहिले बिहान बस्ने स्थायी समितिको बैठकले समानुपातिकको अन्तिम सूचि तयार गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । हिजो सम्म मोटामोटी सूचि तयार भइसकेको र आज १२ बजेसम्म त्यसलाई अन्तिम रुप दिएर आयोगमा बुझाउन छौ