दलहरुले संविधानसभा चुनावका लागि घोषणापत्रको काम सार्वजनिक गर्ने तयारीमा

प्रमुख दलहरुले संविधानसभा चुनावका लागि घोषणापत्रको काम सकेको बताएको छ । एक दुईदिन भित्रै सार्वजनिक गर्ने        उनीहरुले बताएका छन् ।
 एकीकृत माओवादीले संविधानसभाको घोषणापत्र तयार गरिसकेको र आज छाप्न पठाउने बताएको छ । एकीकृत माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाका अनुसार कात्तिक २ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी छ । काठमाण्डुमा घोषणसभा मार्फत घोषणापत्र र त्यसका कार्यक्रम सार्वजनिक गर्ने उहाँले बताउनुभयो । घोषणासभाको तयारीका विषयमा आज अनौपचारीक छलफल समेत हुने उहाँले बताउनुभयो ।
 घोषणपत्रमा जातिय पहिचान सहितको संघियता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पुरानै अडान राखिएको छ । पाँच देखि ४० बर्षसम्मका विकासका कार्यक्रममा पनि उल्लेख गरिएको छ । नेकपा एमाले पनि आफ्नो घोषणापत्र तयार भैसकेकाले कात्तिक पहिलो हप्ता सार्वजनिक गर्ने बताएको छ ।
 एमाले प्रवक्ता प्रदीप ज्ञवालीले संघियता र शासकीय स्वरुपमा पुरानै प्रस्ताव अघि सारेर घोषणपत्र तयार गरेको बताउनुभयो । एमालेले पनि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने शासनप्रणालीलाई घोषणा पत्रमा राखेको छ ।
 हरेक निर्वाचन क्षेत्रमा नमूना गाविस बनाउने प्रस्ताव पनि ल्याएको छ । नेपाली कांग्रेसले पनि केहीदिन भित्रै घोषणापत्र सार्वजनिक गर्ने बताएको छ ।
Source:Rss