नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेकपा एमालेलाई प्रतिपक्षमा राख्ने चाल चालेको बताउनुभएको छ ।
रक्त सञ्चार क्लबले शुक्रबार भक्तपुरमा गरेको कार्यक्रममा उहाँले भारतले ठूलो चाल चालिरहेपनि संविधान जारी गर्न कांग्रेस र एमालेको गठबन्धन सरकार हुनुपर्ने बताए ।
दलहरु देश र नागरिकप्रति उत्तरदायी भएमात्र एक बर्षभित्रमा संविधान बन्ने बताउँदै जातीय संघीयता नहुन पनि कांग्रेस र एमालेको सरकार बन्नुपर्नेमा जोड दिए ।
अहिलेको सरकार बहुमतको आधारमा बन्ने भन्दै नेता विजुक्छेले सहमतीय सरकारमा जान नहुने तर्क उनको थियो । सहमतीय सरकार र सहमतीय प्रणालीमा गए फेरि पनि संविधान नबने धारणा उनको थियो ।