नेपाल पुलीस क्लब पोखरामा जारी १२ औ संस्करणको आहा-रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा धरान फुटबल क्लबलाई २-० गोलअन्तरमा हराउँदै विभागीय टोली प्रहरीले अन्तिम चारमा सुरक्षीत गरेको हो।
पुलीसको जितमा भरत शाह निर्णाय बने । उनले खेलको ८औ र १५औ मिनेटमा गोल गर्दै पुलीसलाई सेमीफाइनलको बाटो देखाएका हुन्।
यसअघि पहिलो क्वार्टरफाइनलमा आयोजक शाहारा पुगिसकेको छ। SETOPATI