रिसाहा ब्यक्तिलाई अन्यको ब्यक्तिको तुलनामा ह्दयघातको सम्भावना बढी: अनुसन्धान

चैत्र २ । रिसाहा ब्यक्तिलाई अन्यको ब्यक्तिको तुलनामा ह्दयघातको सम्भावना बढी रहेको एक अनुसन्धानबाट खुलेको छ । अमेरिकी शोधकर्ताहरुले हालै सार्वजनिक गरेको तथ्यांकमा रिसाहा ब्यक्तिलाई रीस उठेको दुई घण्टाभित्रमा ह्दयघात हुने सम्भावना रहेको छ ।
हार्वड स्कूल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले महिनामा एकचोटी रिसाउने ब्यक्तिमा ह्दयघातको सम्भावना कम रहेको तर महिनामा ५ पटकसम्म रिसाउने ब्यक्तिलाई ह्दयघातको सम्भावना तीब्र रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
दश हजार रिसाह ब्यक्तिलाई सामेल गरी गरिएको अनुसन्धानमा दिनमा पाँचचोटी रिसाउने ब्यक्तिमा बर्षमा ६ सय ५७ चोटी ह्दयघात हुने गरेको पाइएको छ । साथै शोधमा रीसका कारण ब्यक्तिको रक्तसन्चारमा समस्या आउने र रक्तनलीसमेत बन्द हुने गरेको बताइएको छ ।
यसैगरी ज्यादा तनाव र मुटुको रोगीमा पनि रक्त सन्चारमा बाधा पुग्ने हुनाले ह्दयघात हुन सक्ने सम्भावना बढी रहेको बताइएको छ । शोधकर्ताहरुले ज्यादा रीस उठ्ने ब्यक्तिले अनिवार्य रुपमा योग गर्न पनि सल्लाह दिएका छन् । AGENCIES