काठमाडौं , चैत्र ३० – प्रजातन्त्र सेनानी एवं कांग्रेसका पुराना कार्यकर्ता हरिप्रसाद कोइरालाको आइतबार निधन भएको छ । ७३ वर्षीय कोइरालाको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।
लोकतान्त्रिक आन्दोलनका क्रममा उनी पटक-पटक जेल परेका थिए । उनका पत्नी, दुई छोरा र एक छोरी छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनको आइतबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र ३०