आषाढ १३ । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाले समय हेर्नका लागि उल्टो सुई भएको घडी प्रयोगमा ल्याएको छ । नयाँ तरीकाबाट समय हेर्नका लागि ल्याइएको घडीमा सुई र अंक समेत उल्टो रहेको छ । बोलिभियाली संसदमा मुूल ढोकामा घडी झुन्ड्याई उल्टो तरीकाबाट समय हेर्न नयाँ तरीकाको शुरुवात गरिएको छ ।
संस्कृतीको जर्गेना गर्न नयाँ तरीका अपनाइएको बोलिभियाली सरकारले जनाएको छ । बोलिभियाली बिदेशमन्त्री डेविड चोकुएहुआंसाले पत्रकार सम्मेलन गरी घडीको नाम दक्षिण घडी नामाकरण गरिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा बिदेशमन्त्री चोकएहुआँसाले आफनो घाँटीमा उल्टो सुई र उल्टो अंक भएको घडी झुन्ड्याई सबैलाई नयाँ घडी प्रयोग गर्न अपील समेत गरेका छन् । नयाँ घडीको आकारमा बोलिभियाको मानचित्र अंकित गरिएको छ ।
बिदेशमन्त्री चोकएहुआंसाले नयाँ तरीकाको घडी प्रयोगमा भने कुनै प्रकारको जवरजस्ती नहनुे बताउँदै घडीको प्रयोग आ आफनो इच्छा अनुसार गर्न बोलिभियाली जनतालाई आग्रह समेत गरेको छ । AGENCIES