शक्ती पिसी
प्रबिधीको बिकाश यो बिश्व जगतमा दिन दिनै बढेको छ भन्दा फरक नपरला। आज म एउटा अचम्मको प्रबिधी प्रयोगशाला बारे तपाईहरुलाई जानकारी गराउदैछु। तपाई हामीलाई थाहा भएकै कुरा हो की यो संसारको धेरै जसो ठाउँमा बर्षा भैरहेको हुन्छ। फरक एतिमात्र हो की कंही ठूलो कंही सानो बर्षा जसले गर्दा हामीलाई फाईदा बेफ़ाइदा दुबई भैरको हुन्छ।
हामी मनुस्यहरुले बर्षाको कारणले हुने असर एबं छति को बारेमा बिभिन्न भबिस्वबाणी गर्छौ जून कहिले मिल्छ र कहिले मिल्दैन पनि किनभने बर्षा संग सम्बंधित भबिस्वबाणी गर्न निकै गारो हुने गर्छ। सामान्यतया कुनै पानी चीजको असर बुझ्न जान्न को लागि तेस संग समन्धित प्रयोगसालाको आबस्यक पर्छ तर बर्षा गराउने प्रयोगशाला बनाउन भने गारो हुने गर्दछ अझ भनौ गरीब देशहरुमा त यो कुरा ता अशंभब हुन्छ भनेर भन्दा फरक नपर्ला।
तर बिकसित देशमा बर्षा गराउने प्रयोगशाला पनि बनाएका छन। आज म यसैको बारेमा जानकारी गर्ाउदछु। साँच्चै बर्षा भये जस्तो लाग्ने, साँच्चिकै पानी परेर बाढ़ी आएजस्तो हुने प्रयोगशाला जापान को एक अध्यन केंद्र माँ हेर्न र देखन सकिन्छ। यो बर्षा गराउने प्रयोगशाला यो संसार माँ भएका मध्ये सबै भन्दा ठूलो हो। यो प्रयोगशाला को एक झलक यंहा राखिएको Youtube video link माँ हेर्न सकिन्छ।
यो प्रयोगशाला निकै बर्ष अघि जापान सरकार/अनुसन्धान केन्द्र ले बनाएको हो। एस्को लम्बाई ९० मीटर छ भने चौड़ाई ४५ मीटर जाती छ र २० मीटर भन्दा अग्लो छ। यती ठूलो एउटा घर भित्र आफुले चाहेको बर्षा गराउन सकिन्छ। सामान्यतया केहि मिली मीटर देखि ३०० मिली मीटर सम्म बर्षा गराउने सकिन्छ। अझ अचम्म को कुरो त के छ भने यो ठूलो प्रयोगशाला लाइ एक थाउ बात अर्को ठाउँमा सार्न पनि मिल्छ। यस प्रयोगशाला भित्र बिभिन्न किसिमका साना-ठुला पहाड़ खोला नाला, खेत बारी आदि बनाउने गरिन्छ जून कुनै ठाउँको जस्तै हुने गर्छ। फरक एट्टी मात्र हो की रियल ठांउ ठूलो आकर को हुन्छ भने प्रयोगशाला भित्रको ठांउ उस्तै तर सानो आकर को हुने गर्दछ। ल हेर्नुहोस त येसरी अनुसन्धान गर्छन रा पो धनि देशहरुमा बर्षा ले गर्दा हुने असर को राम्रो संग मिलने गारी भबिस्वबाणी हुने गर्दछ। यो प्रयोगशालाको को एक झलक जुलाई २४ , २०१४ माँ लिएको हो। यदि तपाईहरुलाई थप बुझने जानने इच्छा भएमा मलाई सम्पर्क गर्न पानी सक्नु हुने छ। म बिगत केहि बर्ष देखि यो प्रयोगशाला भएको अनुसन्धान केन्द्रमा बर्षा र बाढ़ि बारे अनुसन्धान गरिरहेको छू।