अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोलाबारे नेपालमा पनि सतर्कता अपनाइएको छ । इबोला जातका विभिन्न पाँच प्रकारका भाइरसको आक्रमणबाट लाग्ने इबोला रोग लाई रक्तश्राव ज्वरो समेत भनिन्छ । यो भाइरसको आक्रमणपछि रोगीको सरीरका आन्तरिक अंग तथा बाह्य भागमा समेत अनियन्त्रित रुपमा रक्तश्राव हुने भएकाले यसलाई रगत बग्ने ज्वरो भनिएको हो ।
पश्चिम अफ्रिकाका विभिन्न देशमा अहिले महामारीकै रुपमा रहेको इबोला रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल समेत घोषणा गरिसकेको छ ।
सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेेको यो भाइरसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो ।
इबोला निकै प्राणघातक रोग हो र भाइरसको संक्रमण भैसकेपछि ५० देखि ९० प्रतिशत सम्मको रोगीको मृत्यु हुने गरेको छ ।
कसरी सर्छ ?
इबोला भाइरस विभिन्न जंगली जनावरबाट पहिलो पटक अफ्रिकामा मानिसमा सरेको हो । जंगली जनावरको मासु खाने तथा बढि सम्पर्कमा आउने मानिसहरुमा भाइरस संक्रमित जंगली जनावरको रगत, अन्य जैविक रस, मासु आदिबाट भाइरस मानिसमा सर्दछ । खासगरी चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग, दुम्सी तथा सबैभन्दा बढि चमेराबाट यो भाइरस मानिसमा सर्दछ ।
इबोला भाइरस मानिस बाट मानिसमा समेत निकै तिब्र रुपमा सर्दछ । खासगरी रगत, अन्य जैविक रस, काटिएका अंगहरुबीचको प्रत्यक्ष सम्पर्कबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । साथै यौन सम्पर्कका बेला आउने विर्य तथा योनीरसको माध्यमबाट समेत इबोला भाइरस सर्दछ । यो रोगका कारण मरेको मानिसको अन्तिम संस्कारका बेला लासको सम्पर्कमा आउने मानिसमा समेत यो भाइरस सर्ने जोखिम हुने विज्ञहरुको भनाइ छ । साथै स्वास्थ्यकर्मी तथा रोगीको सुसारेमा समेत रोगको संक्रमणको जोखिम बढि हुन्छ ।
लक्षण
इबोला भाइरस रोग निकै खतरनाक तथा घातक विषाणुजन्य रोग हो । भाइरसको संक्रमणका कारण मानिसमा अत्यधिक ज्वरो आउने, निकै कमजोर बन्ने, मांशपेशी दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् । भाइरसले आक्रमण गरको २ देखि २१ दिनभित्रमा यसका लक्षण मानिसमा देखिन्छन् । ती लक्षणहरु सामान्यतया निम्न छन्-