YouTube Video Song लाई Audio Song (MP3) मा बदल्ने तरिका

– शक्ती पिसी



आजभोली सूचना प्रबिधि नया नया विकास संगै हामीहरु पनि यसै संग अभ्यस्त हुने कोसीस गरिरहेका छौ  एसको फलसुरुप हामीलाइ कुनै न कुनै किसिम ले सुबिधा भएको हामीले महसुस गरिरहेका छौ। तपाईहरु माझ एउटा उदहारण प्रस्तुत गर्दछु जस्तो कि आज भन्दा निकै वर्ष पहिले हामीले कुनै प्रकारका Video/Movie गीत हेर्नु परेको खण्डमा हामीलाई कि त Video Cassette अथवा सिनेमा हल नै आबस्यक पर्ने गर्थ्यो तर हेर्नु त प्रविधिको विकास संगै अहिले हामीले चाहेको Video/Movie गीत सजिलै आफनै PC/Mobile आदि मा  हेर्न र सुन्न सक्छौ। तपाई हामीलाई थाहा भएकै कुरा हो हामीलाई गीत सुन्नु परेको खण्डमा Cassette player को साथै Cassette Reel नै चाहिन्थ्यो तर आजभोली कति सजिलै  आफ्नै  PC/Mobile आदिमा  मज्जाले गीत  सुन्न सक्ने अवस्था आइसकेको छ।



प्रबिधि जति जति विकास हुदै जान्छ हामिहरु पनि एसको अधिकतम फाइदा लिने हो भने अलि चनाखो हुनु नै पर्छ। सानो सानो कुराहरुले कहिले काँही निकै फाइदा पनि हुन सक्छ।  जस्तो कि आजभोली तपाइहरु विभिन्न Video गीत हरु YouTube मा हेर्ने गर्नुहुन्छ। ति YouTube Video हरुलाई तपाई Download पनि गर्न सक्नुहुन्छ (Download कसरि गर्न सकिन्छ भन्ने तरिका येही अर्घाखाँची डट कम को पुरानो लेखमा हेर्न सक्नुहुन्छ). तर येदि तपाइलाइ इन्टरनेट नभएको बेलामा पनि  YouTube Video नहेरिकन सुन्नु मात्र परेको खण्डमा Download गरेको  YouTube Video लाइ पनि सुन्न त सकिन्छ तर यो तरिका सहि चाँही हुदैन किन भने Video गीत भनेको हेर्नको लागि राम्रो हुने गर्छ। आज मैले तपाइहरुलाइ YouTube Video लाइ कसरि गीतमा बदल्ने भन्ने  तरिकाको  जानकारी गराउदै छु ।



 

YouTube Video लाइ गीतमा मात्र बदल्ने विभिन्न तरिका हरु छन।  यी मध्ये एउटा सजिलो तरिका नेपाली भासमा सिकाएको Video Tutorial माथिको लिंक मा गएर हेर्न सक्नुहुने छ।  एकचोटी ध्यान दिएर हेर्नु भएको खण्डमा तपाईले सजिलै चाहेको YouTube Video लाइ गीतमा बदल्न सक्नुहुने छ।  केहि नाबुजेको खण्डमा मलाई सम्पर्क गर्नुहोस ताकि समय मिलेको खण्डमा मा तपाइलाइ सहयोग गर्ने छु ।