काठमाडौं, आश्विन १० । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहको संसदीय सुनुवाइ स्थगित भएको छ ।
सिंहदरबारस्थित संसदअन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिमा शुक्रबार बिहान हुने भनिएको सुनुवाइ पूर्वसांसद सिद्धराज ओझाको मृत्युका कारण स्थगित भएको हो । ओझाको हिजो निधन भएको थियो ।
यसैबीच, आज हुने भनिएका संसदीय समितिहरुको सबै बैठक पनि स्थगित भएको छ । IMAGEKHABAR