कपिलवस्तु , मंसिर ६ – पूर्वसञ्चार राज्यमन्त्री राधवेन्द्रप्रताप शाहको ७९ वर्षमा निधन भएको छ । भारत लखनउमा उपचाररत उनको बिहीबार राति निधन भएको शाहका दाजु डा. रुद्रप्रतापले बताए । मृगौलामा समस्या आएपछि बुधबार मात्रै उनलाई लखनउस्थित मीरा नर्सिङ होम भर्ना गरिएको थियो ।
जिल्लाको पश्चिमी क्षेत्र बहादुरगन्ज १ मा बस्दै आएका उनी २ पटक तत्कालीन जिल्ला पञ्चायत सभापति र २ पटक तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।
उनका १ छोरा, ४ छोरी र श्रीमती छन् । उनी संविधानसभा सभासद अभिषेकप्रताप शाहका हजुरबुबा हुन् ।
ekantipur