गिद्ध संरक्षण र गैडाताल क्षेत्रको पर्यटन प्रवद्धनमा सरोकारवालाहरुको जोड

रुपन्देही जिल्ला, विष्ण्ुपुरा गा.वि.स मा अवस्थित गिद्ध (जटायु) रेष्टुरेन्ट र गैडाताल क्षेत्रको संरक्षण तथा पर्यापर्यटन प्रवद्धनमा तदारुपताका साथ लाग्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले औलाएका छन । 
भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी बाट १३ किलोमिटर उत्तरमा रहेको धर्तिबाटै लोप हुने अवस्थामा पुगेका दुर्लभ गिद्धको संरक्षण र प्राकृतिक तथा जैविक विविधताको खानी गैडाताल प्रचार प्रसारको अवाभमा ओझेलमा परेका छन । जटायु रेष्टुरेण्ट संचालन समिती गैडातालको आयोजना र नेपाल पन्छी संरक्षण संघको सहयोगमा आज लुम्विनीमा सम्पन्न अन्तक्रिया कार्यक्रममा त्यस क्षेत्रका पर्यटकीय आर्कषण, सम्भावना र चुनौतीको विषयमा जटायु रेष्टुरेण्ट संचालन समिती अध्यक्ष बावुराम मल्ल र नेपालमा गिद्ध संरक्षण तथा चरा पर्यटनको अवस्था बारे नेपाल पन्छी संरक्षण संघका जीवविज्ञ कृष्ण भुसालले कार्यपत्र प्रस्तुत तथा प्रवचन दिनुभएको थियो । 
गैडाताल क्षेत्रमा २०६५ देखी संचालनमा ल्याईएको विश्व संरक्षणमा नमुना जटायु रेष्टुरेण्ट, साईवेरीया बाट बसाईसरी आउने चराहरु तथा अन्य दुर्लभ वन्यजन्तुको आश्रयस्थल गैडाताल सिमसार क्षेत्र, सहिद पार्क तथा पिकनिक क्षेत्र, जंगल सफारी र चराअवलोकन, स्थानीय संस्कृती आदी पर्यटकीय आर्कषणहरु हुन । विश्वभर परीचीत चराकालागि महत्वपुर्ण बासस्थान लुम्विनी फार्मल्याण्ड सगैँ रहेको यस क्षेत्रमा यउटै सिनोमा नेपालमै हालसम्मका धेरै गिद्ध २८१ देखीएको भुसालले बताए । कार्यक्रममा लुम्विनी विकाश कोषका सुचना अधिकृत हरी राई, होटल व्यवसायी संघ लुम्विनीका अध्यक्ष मिथुन श्रेष्ठ, इलाका वन कार्यलय ठाकुरपुराका सहायक वन अधिकृत रामसागर यादव, गैडाताल संरक्षण तथा व्यवस्थापन समिती अध्यक्ष राम अवतार यादव, ट्राभल एण्ड टुर एजेन्सीका लिलाराम न्यौपाने लगायतले कार्यपत्र उपर टिप्णी तथा आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।
प्रकृतीको कुचिकार लोपोन्मूँख पंक्षी गिद्धको पर्यावरणीय चक्र र खाद्यसृङखला सन्तुलीत र गतीशिल राख्न महत्वपूर्ण भूमिका हुन्छ । आफै सिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धहरु प्रदुषित र दुर्गन्धित बातावरणलाई स्वच्छ र सफा राखी विभीन्न महामारी सरुवा रोगहरु हैजा रेबिज प्लेग एन्थ्राक्स फैलन बाट रोक्छन । दक्षिण एशियामा पाइने ९ मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाइन्छन । विगत दश बर्ष यता नेपाल लगायत दक्षिण एशियामा गिद्धको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेको विभिन्न अध्ययन प्रतिवेदन हरुले देखाएको छ । विभीन्न वैज्ञानिक अनुसन्धानहरुबाट गिद्धको संख्या यसरी अप्राकृतीक र नाटकिय रुपमा घटनुको प्रमुख कारण घरपालुवा पशु उँपचारमा प्रयोग गरीने औषधी डाइक्लोफेनेक भएको पत्ता लागेको छ ।
 गिद्ध विनाशको कारक डाइकलोफेनक भएकोले गिद्ध संरक्षणका लागि नेपाल सरकारले जेठ २३,२०६३ देखि पशुउँपचारमा प्रयोग गरिने डाइक्लोफेनक उत्पादन,आयात, विक्री र प्रयोगमा प्रतिबन्ध लगायको छ र त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र विक्रीवितरण शुरु गरेको छ । 
थ्प जानकारीको लागि: बाबुराम मल्ल ९८४७२८२४६२,