काठमाडौं । आज शहीद दिवस । तत्कालीन एकतन्त्रीय जहाँनिया राणा शासनविरुद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाएकै कारण शहादत प्राप्त गरेका चार सपुतहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदन्ड दिएको दिनको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ ।
इमेजखबरमा समाचार छ। शहीद दिवसको अवसरमा शुक्रबार बिहान काठमाडौको लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै शहीदप्रति सम्मान प्रकट गरेका हुन् ।
यसैगरी, सभामुख सुवास नेम्वाङ, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतले पनि शहीदहरुप्रति सम्मान व्यक्त गरेका थिए ।
शहीद दिवसकै अवसरमा सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले देशको अस्तित्व रक्षा र जनताको हक