सौय उर्जाबाट चल्ने विमानले संयुक्त अरब इमाइरेट्को अबुधावीबाट विश्व यात्राको रेकर्ड राख्ने उद्देश्यले उडान सुरु

सौय उर्जाबाट चल्ने विमानले संयुक्त अरब इमाइरेट्को अबुधावीबाट विश्व यात्राको रेकर्ड राख्ने उद्देश्यले उडान सुरु गरेको छ ।
सोलार इम्पल्स-२ नाम दिइएको सो विमान ओमानको पूर्वी मस्कटतर्फ लागेको बीबीसीले जनाएको छ ।
आगामी ५ महिनाभित्र एउटा महादेशबाट अर्को महादेश पार गर्ने यस विमानले प्रशान्त  र हिन्द महासागरको यात्रासमेत गर्ने बताइएको छ ।
अबुधाबीबाट यात्र सुरु गरको सौर्य विमान म्यानमार, हवाई, चीन न्यूयोर्कबाट उड्दै फेरि अबुधाबी नै फर्कने छ । यो एक सिटे विमानको नियन्त्रण एन्ड्री बोर्चस्बर्गले गरेका छन् भने उनलाई स्वीस बट्रान्डल पिकार्डले सघाएका छन् । उनीहरुले विमानलाई १२ चरणमा उडाउने छन् ।
यसक्रममा सौर्य उर्जाबाहेक अरु कुनै इन्धनको प्रयोग गरिने छैन । विमान विश्वको विभिन्न भागमा मर्मतका लागि रोकिँदै अगाडि बढ्ने छ । २ दशमलब ३ टन तौल भएको विमानको पखेंटाको लम्बाई ७२ मिटर रहेको छ । जुन