स्मार्टफोनमा म्यासेज आदानप्रदान गर्न सुविधा दिदैँ आएको निकै लोकप्रिय सेवा ह्वाट्सएपले अन्नतः आइफोन उपभोक्ताहरुका लागि निशुल्क फोन गर्ने सुविधा दिएको छ ।
एन्ड्रोइड मोबाइल सेट प्रयोग गर्नेहरुलाई भने उसले यो सुविधा पहिला नै दिदैँ आएको थियो ।
आइफोन बोक्नेहरुलाई ह्वाट्सएप मार्फत अब इन्टरनेट डाटा, वाइ फाइ अन गरी फोन गर्न सक्नेछन् । विश्वकै अग्रणी सामाजिक संजाल फेसबुकद्धारा अधिगृहित ह्वाट्सएप उपयोग गर्ने अहिले ८० करोड छन् । AGENCIES