काठमाडौं – इन्डोनेसियामा एक अन्तर्राष्ट्रिय सम्मेलनका लागि पुगेका प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्कन सकेनन् ।
नेपालमा बिनासकारी भूकम्प आएको खबरलगत्तै स्वदेश फर्केका प्रधानमन्त्री बैंककमा रोकिएका छन् । भूकम्प आएपछि कुनै पनि अन्तर्राष्ट्रिय विमान काठमाडौं आएका छैनन् ।
प्रधानमन्त्री इन्डोनेसियाबाट आफ्नो उपचारका लागि बैंकक आएका थिए ।
प्रधानमन्त्री कोइरालाले राष्ट्रिय विपद्को बेला उद्दार र राहतमा खटिन सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री भूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गरेका छन् । EKANTIPUR



