काठमाडौ – भूकम्पले उपत्यकाको विद्युत सेवा सेवा अवरुद्ध भएपछि त्यसको असर मोबाइल सेवामा पर्ने भएको छ । स्वीचाटारस्थित भार प्रेसण केन्द्रमा क्षति पुगेपछि राजधानीमा बिद्युत सेवा अवरुद्ध भएको छ ।
केन्द्रका महानिर्देशक मुकेशराज काफ्लेले विद्युत वितरण प्रणालीमा क्षति पुगेको बताए । उनले सेवा सूचारु केही समय लाग्नसक्ने बताए । यसले गर्दा मोबाइलका बीटीएस टावरको पावर प्याकअप सकिदै गएपछि सेवा प्रभावित हुने भएको हो ।
नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विद्युत सेवा सूचारु नहुने हो भने टेलिफोन सेवा प्रभावित हुनसक्ने बताइन् ।
उनले भनिन्, आइतबार पनि विद्युत आएन भने हाम्रो प्याकअप पावर सकिन सक्छ । जसले गर्दा टेलिफोन सेवा प्रभावित हुनेछ ।
उपत्यकामा टेलिकमका डेढ बढी टावर छन् । शनिबार गएको भूकम्पका कारण मोबाइल सेवा दिनभर अवरुद्ध भएको थियो । ईकान्तिपुरमा समाचार छ ।