पुनः ठूलो भूकम्प: भूकम्पको लागी जान्नु पर्ने उपाय

डा. अम्बरिश पोख्रेल 
आज फेरी हाम्रो देश नेपालमा पुनः भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । गत बैशाख १२ गते ७.६ रेक्टर स्केलको भूकम्प गएको अठारौं दिनमा पुनः ७.४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय भूकम्प मापन केन्द्रहरुले जनाएका छन् । मंगलबार दिउँसो पौने १ बजे करिब आधा मिनेटसम्म भूकम्पको धक्का महसुस भएपछि जनजीवन थप त्रसित बनेको छ । आजको भूकम्पले जीर्ण बनेका घर तथा संरचनाहरु थप भत्किएका छन् । धेरैको क्षति भएको अनुमान गरिएको छ । भूकम्पको केन्द्रबिन्दु दोलखाको सुनखानी भएको बताइएको छ । पहिलो ठूलो धक्का लगत्तै चार पटकसम्म लगातार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट कति क्षति भयो थप विवरण आउन बाँकी छ ।
हामीले भन्दै आयका छौ कि ठुलो झड्का आउँदै छ भन्ने कुरा सिधा नबुझौँ।  त्यो नआउन पनि सक्छ । आउन पनि सक्छ । त्यो त केवल सम्भाबनाको कुरा हो । त्यो आउने प्रतिशत निकै कम वा जम्मा बढीमा १० प्रितशत मात्र छ । विचार गर्नुस नआउने प्रतिशत ९० छ । कुन ठुलो हो । त्यो १० प्रतिशतमा त जे पनि जहाँ पनि हुन् सक्छ । जस्तै अझ हामी सबारी साधन प्रयोग गर्दा पनि त्यो १० प्रतिशत हुने गर्छ।   अब के भोलि देखि गाडी नचद्ने त मारिने भइयो भनेर यात्रा गरुन्जेल रुदै यात्रा गर्ने ? त्यसैले हामी देह्रै हतास हुने समय हैन यो।  होसियारी भने लिने गर्नु पर्छ।  यहि कुरा हामीले पहिला पनि लेखेको हो ।  अहिले पनि त्यही नै हो ।  आउदा दिनहरुमा पनि त्यो सम्भावना सधै रहने छ ।  हामी बिपत्तीबात डराउने हैन कि बच्ने उपायको खोजि गर्नु उत्तम बिकल्प हो ।  त्यो बिकल्पमा उभिनु नै अहिलेको लागी र पछिको लागी ढुक्क हुने आधार हो ।   त्यसैले त्यो १० प्रतिशतको पछि लगेर धेरै डराउने गर्नु हुदै हुदैन।   त्यसैले कमन सेन्सको प्रयोग गरेर हामीले धय्रता लिनु जरुरी छ यसको मतलब हामीले मतलब नगर्ने  भन्ने हुदै हैन।  
— माथि तस्बिरमा विश्वको अधिकारिक अनुसन्धान सस्था र त्यसको होम पेजमा अब ठुलो भूकम्प आउदैन भनेर लेखेको छैन । यहाँ फोटो हेर्नुस ।  त्यसैले सबै भूगर्भ बिदले अब ठुलो भूकम्प आउदैन भनेका थिएनन ।