भूकम्पपछि एनसेलले भाइबर र स्काइपमा दिँदै आएको निशुल्क सेवा पुनः सुचारु गरेको छ ।
एनसेलले गत वैशाख १२ गते भूकम्प आएपछि सो सेवा निशुल्क दिदै आएको थियो ।
सो सेवा बिहान ११ बजेदेखि हटाएको थियो । आज फेरि भुकम्प आएपछि सो सेवा निशुल्क सुरु गरिएको एनसेलले जनाएको छ । द एनसेलले दिदैँ आएको अन्य सुविधा भने जारी छ । एनसेलले भुकम्प प्रभावित जिल्लाका आफ्ना ग्राहकलाई ३० ब्यालेन्स प्रदान र ५० एसएमएस सेवा प्रदान गर्दे आएको छ । सेतोपाटीमा समाचार छ ।