काठमाडौं । खानी तथा भूगर्भ विभागले नेपाल अर्थक्वेक अपडेट्स एन्ड्रोइड एप ल्याएको छ । शनिबार उद्योगमन्त्री महेश बस्नेतले एप शुभारम्भ गरेका हुन् ।
४ रेक्टर स्केलभन्दा माथिका भूकम्पको तत्काल अपेडट दिइनेछ । वेबसाइटमात्र थियो । त्यसमा केही समस्या भएपछि एप सुरु गरेका हौं राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने ।
विभागले भूकम्पबारे जानकारी दिन टोल फ्रि नम्बर १६१८०१४४१०१४१ सुरु गरेको छ । यो नम्बरमा फोन गरेपछि पछिल्लो भूकम्पबारे सूचना पाइनेछ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।
खानी तथा भूगर्भ विभागले भूकम्पबारे सर्वसाधारणलाई जानकारी दिन शनिवार
ल्याएको एप्स यहाँबाट डाउनलोड गर्नुहोस्:
https://play.google.com/store/apps/details?id=np.com.mls.nepalquakeupdate अन्लाईनखबरमा समाचार छ ।