भूकम्प प्रभावित जिल्लाहरुमा राहत र पुनःस्थापनाका लागि एमालेले एक महिने अभियान सञ्चालन गर्ने

काठमाडौं  । नेकपा (एमाले) ले राहत र पुनःस्थापनाका लागि एक महिने अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी मूख्यालय बल्खुमा आज विहान बसेको स्थायी कमिटी बैठकले आगामी जेठ १० गतेदेखि असार १० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्वयंसेवक परिचालन निर्देशिका-२०७२ पारित गर्दै सचिव गोकर्ण बिष्टको संयोजकत्वमा पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य सम्मिलित ७५ सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।
नेपाली श्रम, नेपाली मन र नेपाली धन नै राष्ट्रको नवनिर्माणका मुख्य आधार र नेपाली योजनाः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्वः हरेक नेपालीको हात भन्ने आह्वानकासाथ स्वयंसेवकहरु भूकम्प प्रभावित जिल्लाहरुमा राहात तथा पुनस्र्थापनाको कार्यमा खटिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमालेले