पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललाई पितृशोक

काठमाडौ  – पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । उनका ९९ वर्षीय बुवा मंगलकुमार उपाध्यायको मंगलबार बिहान ७ बजेर ५ मिनेटमा निजी निवास कोटेश्वरमा निधन भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
उपाध्यायको घाँटीमा समस्या थियो । बि.सं. १९७३ असोज २५ मा जन्मिएका उपाध्यायका तीन छोरा, तीन छोरी थिए ।
पूर्वप्रधानमन्त्री नेपाल भने बुवाको अन्तिम अवस्था हुँदा पनि भूकम्प पीडितको क्षति संकलनको नेतृत्व गर्न निस्किएका थिए । गौतमका अनुसार १० वटा निर्वाचन क्षेत्रको क्षति संकलनपछि नेपाल मंगलबार क्षतिग्रस्त सांस्कृतिक सम्पदाको अवलोकनमा थिए ।
उपाध्यायको निधनको खबरपछि एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता कोटेश्वरमा जम्मा भएका छन् । उनको पशुपति आर्यघाटमा दिउँसो डेढ बजे अन्तिम संस्कार गर्ने कार्यक्रम छ । ईकन्तिपुरमा समाचार छ ।