अब सोझै अन्तर्राष्ट्रिय नम्बरमा कल गर्ने सुविधा

 नेपाल दूरसञ्चार कम्पनीले पोष्टपेड ग्राहकलाई सोझै अन्तर्राष्ट्रिय नम्बरमा कल गर्ने सुविधा प्रदान गरेको छ । 
 पहिले २ हजार रुपैयाँ धरौटी राखेपछि मात्र आइएसडि कल गर्न सकिने व्यवस्था हटाएर टेलिकमले सिधै कल गर्न सक्ने सुविधा दिएको हो । 
 
यसका लागि पुराना ग्राहकलाई आइएसडि सुविधा चाहिएमा नयाँ फारम भर्नुपर्नेछ जसमा पैसा लाग्दैन ।  नयाँ ग्राहकले भने सोझै यो सुविधा पाउने बताइएको छ । सेतोपाटीमा समाचार छ ।