भूकम्प पीडितको पाल ठगी अभियोगमा फोरम लोकतान्त्रिका लक्ष्मण थारु पक्राउ

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रीय सदस्य लक्ष्मण थारु पाल ठगी अभियोगमा पक्राउ परेका छन्। 
पाल ल्याइदिन्छु भन्दै उनले शेर्पा संघबाट ३० लाख रुपैयाँ बुझेका थिए। तर पाल आपूर्ति नगरी उनी फरार भएपछि संघले प्रहरीमा उजुरी गरेको थियो। गौशला प्रहरीले थारुलाई शुक्रबार उनलाई पक्राउ गरेको थियो।
पाल ठगी अभियोगमा लक्ष्मण थारु पक्राउ
भूकम्प पीडितका लागि पाल ल्याइदिन्छु भन्दै ३० लाख (१३ लाख नगद र १७ लाख चेक) लिएको उजुरी शेर्पा संघले गरेको थियो, महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहले भने, ‘एक हप्तामा ल्यादिन्छु भनेपनि लामो समयसम्म नल्याएको बुझिएपछि पक्राउ गरिएको हो।
प्रहरीले थारुविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ। नागरिकन्युजमा समाचार छ ।