एनसेलले भुकम्प पश्चातको राहत र पुनर्निमार्ण कार्यलाई सघाउन द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने वायरलेस राउटर तथा डङगोल उपलब्ध

 देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भुकम्प पश्चातको राहत र पुनर्निमार्ण कार्यलाई सघाउन द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने वायरलेस राउटर तथा डङगोल उपलब्ध गराएको छ ।
 
साथै यस विषम परिस्थितिमा ग्राहकको संचार सहज बनाउन प्रत्येक डिभाईसमा ५०० एम बी डेटा पनि बोनस स्वरुप प्रदान गरिरहेको उसले जनाएकाे छ । वायरलेस राउटर तथा डङगोल सबै एनसेल सेन्टर, एनसेल शप तथा  आधिकारीक बिक्रि केन्द्रहरुमा उपलब्ध रहेकाे एनसेलले जनाएकाे छ ।
 
एनसेलले उपलब्ध गराइरहेको यी इन्टरनेट डिभाइसहरुले २१.६ एम बी पि एस को डाउनलोड स्पिड तथा ५.७६ एम बी पि एस को अपलोड स्पिडका साथ इन्टरनेट चलाउन सकिन्छ । वायरलेस राउटरले एकै पटकमा १० जना सम्मलाई ईन्टरनेट चलाउन सघाउँछ ।
 
साथै यसमा ६ घण्टासम्मको ब्याट्रि ब्याकअप रहेको छ । यी उपकरणहरु विन्डोज र आइ ओ एस अपरेटिङ सिस्टममा चलाउन सकिन्छ र ईन्टरनेटको गति सो ठाउँमा उपलब्ध डेटा स्पिड तथा वाह्य वातावरणमा भर पर्नेछ ।