मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेताले लगाएको जर्सीको मूल्य २ लाख र कलाकारले लगाएको जर्सीको मूल्य १० हजार

भूकम्प पीडितको सहयोगार्थ भइरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेताले लगाएको जर्सीको मूल्य २  लाख रूपैयाँ र कलाकारले लगाएको जर्सीको मूल्य १० हजार रहेको छ।
यस्तै दर्शकको लागि भिआईपीतर्फ ५ हजार र साधारणतर्फ ५०० रहेको आयोजक नयाँ पत्रिका दैनिकले जनाएको छ।
यसरी संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ। सेतोपाटीमा समाचार छ ।