मध्य तथा सुदुर पश्चिममा अबरुद्ध भएको टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा सञ्चालन

नेपाल टेलिकमको अप्टीकल फाइबर केबुल काटिदा अबरुद्ध भएको टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा करिब १८घण्टापछि पुन सञ्चालन भएको छ। आइतबार साँझ ५ बजे देखि मध्य तथा सुदुर पश्चिममा अबरुद्ध भएको टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा सोमबार बिहान ११ बजे  सञ्चालन भएको हो।
 
पुर्ब पश्चिम राजमार्गको किनारामा बिच्छाइएको नेपाल टेलिकमको अप्टीकल फाइबर केबुल काटिएको स्थान फेला पार्न लामो समय लागेका कारण काटिएको अप्टीकल फाइबर केबुल जोडेर अबरुद्ध सेवा संचालन गर्न करिब १८ घण्टा लागेको नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगन्जले जनाएको छ।
 
टेलिकमका प्राबिधिकहरुले लामो प्रयास पछि बाकेको अगैयामा  अप्टीकल फाइबर केबुल काटिएको स्थान फेला पारेका थिए। 
 
टेलिकमका प्राबिधिकहरुको टोलीले काटिएको अप्टीकल फाइबर केबुल जोडेर अबरुद्ध सेवा संचालन गरेको टेलिकमका बरिष्ट प्राबिधिक अधिकृत संजय सिह सिजापतिले बताए ।
 
लामो समय सम्म टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुदा मध्य तथा सुदुर पश्चिमका २४ जिल्लाका करिब १० लाख ५० हजार टेलिफोनका सेवाग्राही समस्यामा परेका थिए।
 
लामो समय सम्म टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुदा टेलिकमले करिब ५० लाख राजस्व समेत गुमाएको छ। सेतोपाटीमा समाचार छ ।