काठमाडौँको तापक्रम अधिकतम ३४.३ मापन, नेपालगन्जको अधिकतम ४४.५, दिपायलको ४३, धनगढीको ४२.२, भैरहवाको ४२.५ र सिमराको ४०.५

आइतबार अधिकतम ३४.५ डिग्री सेल्सियस मापन भएको काठमाडौँको तापक्रम सोमबार अधिकतम ३४.३ मापन गरिएको छ। 
 
त्यसैगरी नेपालगन्जको अधिकतम ४४.५, दिपायलको ४३, धनगढीको ४२.२, भैरहवाको ४२.५ र सिमराको ४०.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
 
काठमाडौँ उपत्यकाको तापक्रम बुधबारसम्म यथावत् रहने मौसमविद् सुभाष रिमालले जानकारी दिए। बुधबारपछि मात्रै तापक्रम घट्न सक्ने उनको भनाइ छ। 
 
शनिबार अपराह्न तीन वर्षयताको सबैभन्दा बढी (३५ डिग्री सेल्सियस) गर्मी दिन भएको विभागको भनाइ छ। विसं २०६९ जेठ ३१ मा राजधानीको तापक्रम ३५.२ डिग्री सेल्सियस पुगेको थियो । त्यसैगरी विसं २०४६ वैशाख