नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले केही समय पहिला भएको १६ बुदे सहमती विपरित केही राजनीतिक दलहरुले संविधान निर्माणको गतिविधिहरुमा अवरोध गरेको बताएका छन् । उनीहरुले अहिले संविधान निर्माण गर्ने दलहरुले कित्ता काटसुरु गरेको बताएका छन् । उनले नेकपा एमाले संविधान निर्माण गर्नुपर्छ भन्ने कित्तामा उभिएको भएपनि केही दलहरु संविधान निर्माण गर्न नदिने कित्तामा उभिएको दावी गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले आयोजना गरेको प्रवेशीका परिक्षामा उत्तीर्ण विद्यार्थीहरुको सम्मान कार्यक्रममा प्रमुख आतिथ्यता निभाएका महासचिव पोखरेलले संघीयता, भाषा, सस्कृतिको विषयमा किचलो झिक्न नहुने बताए । उनले भने










