लामखुट्टेहरुको खाना बिरुवा र फूलहरुको मीठो रस

लामखुट्टेले स्तनपायी जीवजन्तुको रगत पिउने गरेको छ । धेरैले सोच्छन् लामखुट्टेको मुख्य भोजन जीवजन्तुको ताजा र तातो रगत हो ।
तर वास्तवमा संसारमा पाइने बिभिन्न २७ सय जातिका लामखुट्टे अरुको रगत चुसेर मात्र बाँच्दैनन् । लामखुट्टेहरुको खाना बिरुवा र फूलहरुको मीठो रस हो ।
एक लामखुट्ट्ले आफनो छोटो जीवन अवधिमा दुइ हजारभन्दा बढी नयाँ लामखुट्टे्लाई जन्म दिन्छ ।
त्यस अवस्थामा सयौं लामखुट्ट्ेलाई आवश्यक प्रोटिन पाउन मुस्किल पर्छ । त्यसैले लामखुट्टेले मौका पायो कि स्तनपायी जीवजन्तुको रगत चुस्न थाल्दछ ।
एक पटकमा एउटा लामखु्ट्ट्ले आफ्नो कुल वजनभन्दा अढाइ गुणा बढी रगत चुस्दछ ।
स्तनपायी जीवजन्तुको शरीरमा रगत चुस्ने गर्नाले त्यसको कारण औलो ज्वरो, फाइलेरिया, र मेनेन्जाइटिस रोग लाग्दछ ।
लामखुट्टेको टोकाईबाट बिभिन्न रोगको महामारी फैलिएपछि बंगलादेशमा लामखुट्टे मार्नेलाई मोटो रकम पुरस्कार घोषणा दिने समेत घोषणा गरिएको थियो ।
बंगलादेशको रंगपुर नगरपालिकाका प्रमुखको घोषणा अनुसार त्यहाँ प्रत्येक पाँचसय वटा मरेको लामखुट्टे बुझाउनेलाई एक सय टाका दिइएको थियो ।
जसका कारण बंगलादेशमा केही हदसम्म लामखुट्टे निर्मुल समेत भएको थियो ।