परासी । सभासद्ले नेपाली भाषामै सुझाव दिन भनेपछि यहाँ झडप भएको छ । स्थानीय भाषामा आफ्ना कुरा राख्दै गरेका एक व्यक्तिलाई सभासदले नेपाली भाषामै सुझाव दिन भनेपछि मधेसी दलका कार्यकर्ताले बिरोध सुरु गरे । बिरोध प्रहरीसँगको झडपमा परिणत हुन पुगेपछि त्यहाँ तनाव उत्पन्न भएको थियो ।
प्रहरीले बिरोध गर्नेलाई बल प्रयोग गरेर कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो । क्षेत्र न. ५ को समेरीस्थित उमावीको प्राङ्गणमा सभासद बिक्रम खनाल र एमाले सभासद सिन्धु जलेसा सुझाव संकलनका लागि खटिएका थिए ।
सुरक्षा घेरामा एकतफिर् सुझाव संकलन गरिएको आरोप प्रदर्शनकारीले लगाए । कम्पाउण्ड बाहिर प्रदर्शनकारीले नाराबाजी गरेका थिए । गाली गलौच समेत गर्दै तिन घण्टासम्म सभासद सहित एमाले र कांग्रेसका कार्यकर्तालाई बाहिर निस्कनमा अवरोध पुर्याएका थिए । कार्यक्रमस्थलमा मानव अधिकारकर्मी र पत्रकारलाई सभासदको आदेश भन्दै प्रवेशमा रोक लगाइयो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले समान्य विवाद बाहेक सबै ठाउँमा शान्तिपुर्ण तरिकाले सुझाव संकलन भएको दाबी गरे । ईकन्तिपुरमा समाचार छ ।