नुवाकोट केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्युडको परकम्प

सोमबार बेलुकी ६:२३मा नुवाकोट केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्युडको परकम्प गएको छ। 
नुवाकोटको गाउँले खर्कमा केन्द्र भएको परकम्प नुवाकोट सहित काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 
बैशाख १२मा गोरखाको बारपाकमा गएको महाभूकम्पको परकम्प जाने क्रम अझै नरोकिएको हो। यसअघि आइतबार बिहान सिन्धूपाल्चोक र दोलखा केन्द्र भएका दुई परकम्प गएका थिए। सेतोपाटीमा समाचार छ ।