काठमाडौँ – नेकपा (एमाले) का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
उच्च रक्तचापका कारण टाउको दुखेपछि उनलाई अघिल्लो दिन वीर अस्पतालमा भर्ना गरिएको थियो ।
डा गणेश गुरुङ, डा भूपेन्द्र बस्नेतलगायतका समूहले उहाँको उपचार गरिरहेको छ भने रगतलगायत आवश्यक अन्य परीक्षण पनि गरिएको छ ।
उनलाई स्वास्थ्यमा सुधार हुँदै गए चिकित्सकको सल्लाहमा चाँडै घर फर्किनुहुने सहयोगी मोहन गौतमले जानकारी दिए।यसैबीच, पार्टीका उपमहासचिव विष्णु पौडेल उनको स्वास्थ्य अवस्था बुझ्न आज अस्पताल पुगेका थिए । रासस