फेरि काभ्रेको केन्द्रबिन्दु भएको महाभूकम्पको परकम्प

शुक्रबार बिहान काभ्रेको केन्द्रबिन्दु भएको परकम्प गएको छ।
बिहान ११.५७ बजे काभ्रेको ढुनखर्कलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्नीच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बैशाख १२ गतेको महाभूकम्पको परकम्प अझै गइरहेको हो।
यसअघि बिहीबार राती ८:३६ मा ४.१ म्याग्नीच्युडको परकम्प गएको थियो। सेतोपाटीमा समाचार छ ।