राष्ट्रिय जनमुक्ति पार्टी र संघीय गणतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण

काठमाडौं, श्रावण २३ । राष्ट्रिय जनमुक्ति पार्टी र संघीय गणतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण भएको छ ।
एकीकरणपछि बनेको संघीय गणतान्त्रिक जनमुक्ति पार्टी नेपालका अध्यक्षमा माथवरसिंह थापा र सहअध्यक्षमा परशुराम तामाङ छन् ।
शनिबार राजधानीमा कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो । एकीकरणपछि बनेको पार्टीले जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देश विकासमा अग्रसर हुने नीति लिएको छ । इमेजखबरमा समाचार छ ।