विसेन्द्र पासवानले सम्वाद समितिका सभापति बाबुराम भट्टराईलाई असहमतिको पत्र पोको पारेर हिर्काए

काठमाडौं । बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको पत्र सम्वाद समितिका सभापति बाबुराम भट्टराईलाई प्रहार गरेर बैठकबाट बाहिरिएका छन्।
 
बाहिर निस्केका पासवानले पत्रकारहरुसँग भने, मेरो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए। उनले किन यस्तो व्यवहार गरेको भने। तिमीलाई मुलुक टुक्राउन पाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म हिडे।
 
पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु स्तब्ध भएका थिए। सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभद्र व्यवहार मान्य हुँदैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए।
 
निकै आक्रोशित मुद्रामा बाहिरिएका पासवानले छ प्रदेशका सिमांकन कुनै पनि हिसाबले उपयुक्त र वैज्ञानिक नभएको तर्क गरे । अन्नपूर्णपोष्टमा समाचार छ ।