ताप्लेजुङमा केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूटको भूकम्प

काठमाडौं, श्रावण ३० । शनिबार बिहान ताप्लेजुङमा केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूटको भूकम्प गएको छ । 
११ बजेर २७ मिनेटको समयमा गएको सो भूकम्पसँग गत बैशाखको भूकम्पको सम्बन्ध नरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ताप्लेजुङमा गएको भूकम्प गत बैशाखको भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प नै हो ।
यसअघि दोलखालाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।  इमेजखबरमा समाचार छ ।