दोलखालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो २:४७मा ५.१ म्याग्नीच्युडको परकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार चीनको सीमान नजिकै केन्द्र भएर परकम्प गएको हो। बैशाख १२ गते गएको भूकम्पको परकम्प जाने क्रम अझै नरोकिएको हो। बैशाख १२ पछि अहिलेसम्म ३९० भन्दा धेरै ४ म्याग्नीच्युडमाथिका परकम्प गइसेका छन्।
आइतबार गएको ५.१ रेक्टर स्केलको परकम्पबाट यहाँ एक महिला घाइते भएकी छिन्।
दोलखाको खारे गाविस वडा नम्बर ६ घर भएकी ४६ वर्षीया दुर्गा गुरुङ्ग घाइते भएकी हुन्। विगतको भूकम्पबाट भत्किएको घर नजिकै काम गरिरहेकी उनको खसेको ढुङ्गा लागेर हात भाँचिएको हो। रासस