गोरखा, सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर भूकम्पको पराकम्पन

गोरखालाई केन्द्रविन्दू बनाएर बिहीबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ ।
बिहान ६ बजेर ७ मिनेट जाँदा गोर्खा केन्द्रविन्दू भएर ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसैगरी बुधबार राती १२ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकलाई विन्दूविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको पनि केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्नेच्युटमाथिका ३ सय ८५ वटा पराकम्पन गइसकेका छन् । इमेजखबरमा समाचार छ ।