केपी ओलीलाई हिट्लर बन्न आग्रह

कञ्चनपुर  । युवा संघ नेपाल केन्द्रिय सचिव किरण पौडेलले  एमाले अध्यक्ष केपी ओलीलाई हिट्लर बन्न आग्रह गरेका छन् ।
सामाजिक सद्भाब र राष्ट्रिय एकता आभियान अन्तर्गत शनिवार कञ्चनपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सचिव पौडेलले देशलाई रुवाण्डा हुनबाट जोगाउन हिट्लरनै बन्नु पर्छ भने पनि पछि नहट्न ओलीलाइ आग्रह गरेका हुन् ।
मुलुकलाई रुवाण्डा हुनबाट जोगाउन,  तीन पुस्ता देखीको  हाम्रा अग्रजहरुको संघर्षलाई परिणाममूखि बनाउन र सम्बृद्दिको हाम्रो सपना लाई साकार पार्नका लागि आवश्यक पर्दा  कमरेड ओली हिटलरनै बन्नु पर्छ भने पनि पछि नहट्न आग्रह गर्दछु