रूपन्देहीमा भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा एक चार वर्षिय बालकसहित चार जनाको ज्यान गएको छ।
रूपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा परी उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्री र स्थानीय चार बर्षीय बालक कुन्दनकुमार पटेल रहेका छन्।
स्थानीयबासीका अनुसार प्रहरीको गोली लागेर उनीहरूको मृत्यु भएको दाबी गरेका छन्।
प्रहरीका अनुसार बालकको मृत्यु प्रहरीले चलाएको गोलीको छर्रा लागेर भएको हो।
स्थानीयका अनुसार अन्य मृतकको शव आफन्तले लगेका छन्। त्यसैगरी उक्त घटनामा अरु पाँच जना घाइते छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा गोनाहा ६ की ४० वर्षीय नन्दनी पाठक, सोही ठाउँका ६० वर्षीय, पुर्नबासी धोवी, हाटिबनगाई १ की स्वागती मुराउ, सोही ठाउँकी ३० वर्षीय सरस्वती मुराउ र मैनहिया ७ का २५ वर्षीय दिपेश साहनी छन्। यी मध्ये स्वागती मुराउको अवस्था गम्भीर रहेको छ। घाइते सवैको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ।
भैरहवा लुम्बिनी सडकखण्डको बेथरीमा आन्दोलनकारीले रोकेर राखेका सवारीलाई स्कटिङ गरी सञ्चालन गर्ने तयारी गरिरहेका बेला दुई पक्षबीच झडप भएको थियो। सेतोपाटीमा समाचार छ ।