काठमाडौं – देशकै इतिहासमा विरलै प्राप्त हुने संविधान निर्माण पूरा भएको ऐतिहासिक क्षणलाई विजयोत्सवका रुपमा घरघरमा दीपावली गरी खुसीयालीसाथ मनाउन आम नागरिकहरुलाई नेपाली कांग्रेसले आह्वान गरेको छ।
आफ्नो संविधान आफैं बनाउन नेपाली नागरिकको २००७ सालदेखिको चाहना ६५ वर्षपछि २०७२ साल असोज ३ गते मात्र पूरा हुन लागेकोले संविधान घोषणा हुने यो क्षणलाई ऐतिहासिक अवसरको रुपमा मनाउन उसले आह्वान गरेको छ।
नयाँ संविधानले आम नेपाली नागरिकको सर्वोच्ता र सम्प्रभुतालाई संस्थागत गरेको, दीगो शान्ति र समृद्धि स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
नयाँ संविधानले देशमा विद्यमान राजनीतिक, आर्थिक, समाजिक तथा सांस्कृतिक द्वन्द्वलाई निकास दिने कांग्रेसले जनाएको छ। नागरिकन्युजमा समाचार छ ।