#BackOFFNepal भन्दै पत्रकार महासंघको वेभसाइट ह्याक

पत्रकार महासंघको वेभसाइट ह्याक भएको छ। 
संघको वेभसाइट एफएनजे नेपाल डट ओआरजी ह्याक (www.fnjnepal.org) गरी ह्याकरहरुले भारतीय झन्डा राखेका छन् । वेभसाइट भारतीय ह्याकरहरुले ह्याक गरिदिएको सन्देश पनि उनीहरुले छोडेका छन्। 
सामाजिक सञ्जाल ट्वीटरमा नेपालीहरुको ट्रेन्डिङ ब्याकअफइन्डियाको जवाफमा ह्याकरहरुले ‘ब्याकअफ नेपाल’ लेखेका छन्।  सेतोपाटीमा समाचार छ ।